‘जिपी कोइराला प्रोफेसनल आइटिएफ तेक्वान्दो च्याम्पियनसिप २०२२’ काठमाडौंमा हुने

admin

काठमाडौं,२९ फागुन :गिरिजा प्रसाद कोइराला फाउण्डेशनले तेक्वान्दो प्रतियोगिता आयोजना गर्ने भएको छ । गिरिजा प्रसाद कोइरालाको १२औं स्मृति दिवसको अवसरमा ‘जिपी कोइराला प्रोफेसनल आइटिएफ तेक्वान्दो च्याम्पिियनसिप २०२२’ आयोजना गर्ने भएको हो ।

आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै फाउण्डेशनले चैत्र ५ र ६ गते दशरथ रंगशाला त्रिपुरेश्वर, काठमाडौंमा उक्त प्रतियोगिताको आयोजना गरिने जानकारी दिएको हो ।

प्रतियोगितामा ७ प्रदेश २ विभागिय टिमका (त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बल क्रमशः ३÷३ जना महिला÷पुरुष, महिला तौल समूह ४७–५५ केजी, पुरुष तौल समूह ५५–६३ केजी) खेलाडीहरुको सहभागिता रहने र विजेता खेलाडीले क्रमशः ५००, ३०० र २०० नगद अमेरिकी डलर पुरस्कारका साथै मेडल र प्रमाणपत्र वितरण गर्ने फाउण्डेशनले जनाएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै फाउण्डेशनका खेलकुद विभाग सह–संयोजक तथा कार्यक्रममा प्रमुख अतिथि धर्मराज गिरीले गिरिजा प्रसाद कोइराला फाउण्डेशन नाफारहित स्वतन्त्र संस्था रहेको बताए । फाउण्डेशनले अहिलेसम्म विकासको लागि ब्यापक पहल गर्दै आएको उनले दाबी गरे ।

गिरीले भोलिको दिनमा फाउण्डेशनसले खेलाडीहरुलाई अगाडी बढाउन प्रेरित गर्न र खेलबाट खेलाडीहरुले जीवन व्यतित गर्न सक्षम बनाउन यो कार्यक्रमको आयोजना गरेको स्पष्ट पारे ।

उनले फाउण्डेशनले गिरिजा प्रसाद कोइरालाको १२औं स्मृति दिवसको अवसरमा ‘जिपी कोइराला प्रोफेसनल आइटिएफ तेक्वान्दो च्याम्पिियनसिप २०२२’ आयोजना गर्ने गर्न लागेको जानकारी दिए । जिपि फाउण्डेशन ७७ वटा जिल्ला र र ७ प्रदेशमा रहेको भन्दै प्रत्येक प्रदेश र जिल्लामा संयोजक तोकिएको उल्लेख गरे । उनले भने,‘सातै वटा प्रदेश र जिल्लाहरु आफैले खर्च जुटाइरहेका छन् ।’

फाउण्डेशनका युवा तथा खेलकुद विभाग बागमति प्रदेश संयोजक तुलसी थापा मगरले कार्यक्रममा प्रेश विज्ञप्ती बाचन गरेकी थिइन् । ‘नेपाली राजनीतिकका शिखर पुरुष, महानायक, गणतन्त्रका पिता तथा पूर्व प्रधानमन्त्री स्वः गिरिजा प्रसाद कोइरालाको स्मरण, योगदान एवम् विचारलाई प्रबद्र्धन गर्ने, अमर बनाउने उद्देश्यका साथै देश प्रति गरेको योगदानलाई उच्च सम्मान गर्दै कार्यक्रमको आयोजना गरेका हौ ।’

संयोजक मगरले भनिन्,‘उनको १२ औं स्मृती दिवस पारि गिरिजा प्रसाद कोइराला फाउण्डेशन युवा तथा खेलकुद विभाग बाग्मती प्रदेश समितिको आयोजना तथा यस नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघको सहकार्यमा प्रतियोगिताको आयोजना गरिएको हो ।’

प्रतिक्रिया