नागरिकले न्याय पाउन नसकेकाले प्रधानन्यायाधीशविरुद्ध महाभियोग : नेता सिंह

admin

काठमाडौं,३० फागुन : नेपाली कांग्रेसका नेता प्रकाशमान सिहले नागरिकले सहज रुपमा न्याय पाउन नसकेकाले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग लगाउनु परेको बताउनुभएको छ ।

सोमबार काठमाडौंको मीनभवनमा आयोजित कांग्रेसको एक महिने घरघर जाउँ कांग्रेस जिताऔं अभियान अन्तर्गतको कार्यक्रममा नेता सिंहले न्यायलयको नेतृत्वको गरेको व्यक्ति असफल भएपछि न्यायलय सुधारका लागि महाभियोग लगाउनुपरेको बताउनुभएको हो ।

त्यस्तै उहाले एमसीसी मुलुकको हित बिपरित नरहेको धारणा पनि राख्नुभयो । कांग्रेस कार्यकर्ताले जनताको घरघरमा पुगेर एमसीसी, महाअभियोगका बिषयमा फैलाएका अनावश्यक भ्रम बारे बुझाउनुपर्ने उहाको भनाई छ ।

नेता सिहले कांग्रेस मुलुक र जनताको हित सोच्ने पार्टी भएकाले अनावश्यक भ्रमको पछि नलाग्न समेत आग्रह गर्नुभयो ।

प्रतिक्रिया