होलीमा उच्छृङ्कल तथा अश्लिल गतिविधि गर्नेलाई यसरी गर्नेछ प्रहरीले निगरानी

admin

काठमाडौं, २ चैत : होली पर्व (फागु पूर्णिमा) सुरक्षित र व्यवस्थित ढङ्गले मनाउनका लागि चैत ३ गते बिहीबारलाई काठमाडौँ उपत्यका लक्षित ‘विशेष सुरक्षा योजना’ जारी गरिएको छ ।

होलीका नाममा अश्लील, उच्छृङ्खल र अप्रिय गतिविधि हुन नदिन महानगरीय प्रहरी कार्यालय रानीपोखरीले उपत्यकामा ३५ सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गरेको छ ।

महानगरीय प्रहरी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक हरिबहादुर पालले काठमाडौँ, ललितपुर र भक्तपुर प्रहरी परिसर प्रमुख तथा महानगरीय ट्राफिक प्रहरी प्रमुखलाई होली सुरक्षा व्यवस्था बलियो बनाउन निर्देशन दिए ।

रङ र अबिरका साथ एकापसमा खुसियाली साटासाट गरी हर्षोल्लासमय वातावरणमा मनाइने होली पर्वका नाममा उच्छृङ्खल र अराजक गतिविधि हुन नदिन सुरक्षा योजना लागू गरिएको जानकारी उनले दिए ।

जथाभावी लोला हान्ने, पानी छ्याप्ने, ट्राफिक नियमको पालना नगर्ने, मदिरा सेवन ९मापसे० गरी सवारी चलाउने, झैझगडा गर्ने र महिलामाथि दुव्र्यवहार गर्नेमाथि कडा कारबाही हुनेछ । यसका लागि सुरक्षा व्यवस्था बलियो पारिएको छ ।

महानगरीय प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक सन्तोष राठौरले काठमाडौँमा एक हजार सात सय, ललितपुरमा छ सय र भक्तपुरमा चार सय जना सुरक्षाकर्मी खटाइएको बताउनुभयो । ६८ वटा चोकमा चेकप्वाइन्ट राखिएको छ ।

सादा पोसाकका ट्राफिक प्रहरीसहितको टोलीले संयुक्त रूपमा नियमित चेकिङ गर्ने छन् । यो खबर आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया