गृहले गर्‍यो तीन डिआइजीलाई एआइजीमा बढुवा सिफारिस

admin

काठमाडौं, २ चैत : नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक(एआइजी)मा बढुवाका लागि ३ जना नायव महानिरीक्षक (डीआइजी)को नाम सिफारिस भएको छ ।

गृह मन्त्रालयअन्तर्गतको बढुवा समितिको मंगलबार बसेको बैठकले डीआइजीहरु बसन्त पन्त, धीरजप्रताप सिंह र रवीन्द्र धानुकलाई एआइजीमा बढुवा गर्न सिफारिस गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत डिआइजी बसन्तकुमार पन्त पहिलो नम्बरमा रहेका छन् ।

दोस्रो नम्बरमा केन्द्रीय अनुसन्धान ब्यूरोमा कार्यरत डिआइजी धीरजप्रताप सिंह र तेस्रो नम्बरमा अपराध अनुसन्धन विभाग कार्य निर्देशनालय नक्सालमा कार्यरत रवीन्द्रबहादुर धानुक रहेको बढुवा समितिको सचिवालयले जारी गरेको सूचनामा जनाइएको छ ।

प्रतिक्रिया