ग्रेटर नेपालको समर्थन र कालापानीमा इन्डियाको अतिक्रमणविरुद्ध जेनेभामा प्रदर्शन

admin

काठमाडौं, २ चैत : ग्रेटर नेपालप्रतिको समर्थन र इन्डियाले कालापानीमा गरेको अतिक्रमणलाई लिएर मानवअधिकारका क्षेत्रमा काम गरिरहेका अन्तर्राष्ट्रिय संघसंस्थाले हालै जेनेभामा विरोध प्रदर्शन गरेका छन् ।

उक्त समाचार जेनेभामा बसोबास गर्दै आएका ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका समर्थक लोप्साङ शेर्पाले दिएका हुन् ।

समाचारमा जनाइएअनुसार `Indian illegal encroachment of Nepalese lands´ भन्ने ब्यानरमा यही मार्च महिनाको ११ तारिखका दिन जेनेभास्थित संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषद् भवन अगाडिको ब्रोकन चेयरमा इन्डियाविरुद्ध शान्तिपूर्ण प्रदर्शन गरिएको हो ।

स्विटजरल्यान्डका International Human Rights Movement´, Khiam Rehabilitation Center´ (KRC) र Universal Human Rights Council´ नामक संस्थाहरूको संयुक्त आयोजनामा भएको उक्त विरोध कार्यक्रममा उपस्थित प्रदर्शनकारीहरूले हातमा ग्रेटर नेपालको नक्सा अंकित पोस्टरका साथै India stop abusing Nepalis´ र `Back of India from Kalapani´ लेखिएका ब्यानर लिएर ब्रोकन चेयरमा इन्डियाविरोधी नारा लगाएका थिए ।

इन्डियाले नेपालमाथि गरेको ज्यादतीविरुद्ध आवाज उठाउन जेनेभाको ब्रोकन चेयरमा आयोजित विरोध कार्यक्रममा आयोजकहरूले सुगौली सन्धिअनुसार कालापानी नेपाली भूभाग भएकाले इन्डियाको अतिक्रमण स्वीकार्य नहुने र यस परिस्थितिमा नेपाल र इन्डियाबीच `विशेष सम्बन्ध´ छ भन्नु अत्यन्तै हास्यास्पद भएको बताएका थिए ।

 

प्रतिक्रिया