प्रक्रिया भन्दा बाहिरबाट नेपालीलाई यूएई ल्याउनेलाई कारवाही गररै छाड्छु : मन्त्री श्रेष्ठ

admin

काठमाडौं, २ चैत : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले प्रचलित कानुनले तोकेको प्रकृयाभन्दा बाहिरबाट नेपालीलाई युएई ल्याउने कार्यमा संलग्न व्यक्तिलाई कारवाही गररै छाड्ने प्रतिवद्धता जनाउनुभएको छ ।

संयुक्त अरब इमिरेट्स (युएई) भ्रमणमा क्रममा आबुधावीस्थित नेपाली दूतावासद्वारा आयोजित कार्यक्रममा नेपाली समुदायसँग अन्तरक्रिया गर्दै मन्त्री श्रेष्ठले नक्कली मागपत्र बनाउने, झुटो आश्वासन र रोजगारीको प्रलोभन देखाएर प्रचलित कानुनले तोकेको प्रकृयाभन्दा बाहिरबाट नेपालीलाई युएई ल्याउने कार्यमा संलग्न व्यक्तिलाई कारवाही गररै छाड्ने प्रतिवद्धता जनाउनुभएको हो

। वैदेशिक रोजगारीलाई सुरक्षित र व्यवस्थित गर्ने अभियान अघि बढाइएको भन्दै उहाँले गैरकानुनी काम गर्ने नेपालीहरु विदेशी भुमिमा पनि नजोगिने बताउनुभयो ।

उहाँले इन्टरपोलबाट ‘रेड नोटिस’ जारी गरेर दलालको खोजी गरी कारवाहीको दायरामा ल्याउन लागिएको बताउनुभयो ।

कार्यक्रममा मन्त्री श्रेष्ठले अलपत्र परेका नेपालीहरुको समस्या समाधानमा सहयोग गर्न आफुले युएई सरकारसँग पनि आग्रह गरेको बताउनुभयो ।

प्रतिक्रिया