थप ५१ जनामा कोरोना पुष्टि

admin

काठमाडौं,४ चैत :मुलुकभर पछिल्लो २४ घण्टामा ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ९१४ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार २ हजार ५९२ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा १२ जना र ३ हजार ३२२ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १८ हजार १८० पुगेको छ । सोही अवधिमा २९ हजार ३९० जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । हाल नेपालमा ३ हजार ९९६ जना सक्रिय संक्रमितहरुका रहेका छन् ।

पछिल्लो २४ घण्टामा ३९२ जना कोरोना मुक्त भए, ० संक्रमितको मृ त्यु
कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ३ सय ९२ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ९ लाख ६२ हजार १७३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर ५ हजार ९१४ जनाको परीक्षण हुँदा हालसम्म कुल ६६ लाख ०८ हजार ५६७ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण कुनै पनि संक्रमितको मृत्यु भएको छैन । हाल नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ९५० पुगेको छ ।

प्रतिक्रिया