काठमाडौं,५ चैत : हिंसात्मक बाटो छाडेर शान्तिपूर्ण राजधानीमा आएको नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपाको केन्द्रीय कमिटीको बैठक आज पनि बस्ने भएको छ । शुक्रबारदेखि कपिलवस्तुमा सुरू भएको केन्द्रीय समिति बैठक आज पनि बस्न लागेको हो ।
बैठकमा महासचिव विप्लवले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल हुनेछ । नेकपा स्रोतका अनुसार विप्लवले केन्द्रीय सदस्यहरुलाई वितरण गरेको राजनीतिक प्रतिवेदनमा चुनावलाई उपयोग गरेर जानुपर्ने उल्लेख गरिएको छ ।
बैठकले स्थानीय तहको निर्वाचनमा भाग लिने/नलिनेबारे निर्णय गर्ने छ । शनिबारको बैठकमा ६९ जना केन्द्रीय सदस्य र ४ जना सल्लाहकारको उपस्थिति रहेको थियो ।