अरुको आड लागेर चुनाव जितिँदैन : झलनाथ खनाल

admin

काठमाडौं,५ चैत : नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले आगामी चूनावमा गठबन्धन दल मिलेर अघि बढ्ने बताउनुभएको छ ।

नेकपा एकीकृत समाजवादीको गुल्मी सम्पर्क समितिले शनिबार काठमाडौंमा गरेको कार्यक्रममा खनालले खास खास स्थानमा गठबन्धन दल मिलेर अघि बढ्ने बताउनुभएको हो ।

उहाले मुलुकलाई निकास दिनका लागि गठबन्धनका आवश्यकता र औचित्य पुष्टि भइसकेको धारणा राख्नुभयो । उहाले निर्वाचनमा पार्टीको घोषणापत्रका साथ तयारीमा जुट्न निर्देशन दिनुभयो ।

त्यस्तै खनालले एमालेले पटक पटक संविधान उलंघन गर्ने काम गरेको भन्दै आगमी निर्वाचनमा शुन्य मत दिएर दण्डित गर्नुपर्ने बताउनुभयो । उहाले राष्ट्रियताको संघर्षलाई उचाईमा पुराउनुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया