दुईसय वर्ष पुरानो इतिहास बोकेको समय फल्चा पुनःनिर्माण सम्पन्न

admin

काठमाडौं,६ चैत : ललितपुरको पुल्चोकस्थित दुईसय वर्ष पुरानो इतिहास बोकेको समय फल्चाको पुनःनिर्माण सम्पन्न भएको छ ।

शनिबार ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले पुल्चोक टोल सुधार समितिद्वारा आयोजित एक कार्यक्रमका बीच उक्त फल्चाको शिलालेखको अनावरण गर्नुभएको हो । महर्जनले आफूले हालसम्म ७५ पाटी निर्माण सम्पन्न गर्न सफल भइसकेको जानकारी दिनुभयो ।

उहाले पुनःनिर्माण थाल्दा पुल्चोकको मूल सडक नै अतिक्रमण हुन्छ भन्ने आरोप सहनु परेको भन्दै आफूले फल्चा नजिकैको पेटीसमेत नछोएको दाबी गर्नुभयो । उहाले समय फल्चाको महत्व धेरै रहेको भन्दै सम्पदा फिर्ता आएकोमा सवै खुसी रहेको धारणा राख्नुभयो ।

यसअघि फल्चा पुनःनिर्माणमा देखिएको विवाद अदालतसम्म पुगेको थियो । अशोक स्तुपसँगैको कित्ता नं. ३२७ मा पुनःनिर्माण गर्न खोजिएको समय् फल्चा २०६ वर्ष पुरानो ऐतिहासिक सम्पदा भएको शिलालेखबाट पनि यसको पुष्टि हुन्छ ।

प्रतिक्रिया