७७ ओटै जिल्ला निर्वाचन कार्यालयमा उन्नत लोकतन्त्र पार्टी दर्ता सम्पन्न

admin

काठमाडौं,६ चैत : आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि उन्नत लाेकतन्त्र पार्टी (एडिपि) ले ७७ओटै जिल्ला निर्वाचन कार्यालयमा दर्ता सम्पन्न गरेको छ।

अन्तिम विवरण आज निर्वाचन आयाेगमा दर्ता गराइएको पार्टी अध्यक्ष स्वागत नेपालले जानकारी दिएका छन्।

यसपालिको निर्वाचनमा मिलिजुली देश लुट्ने ठुला भनिएका दलहरुलाई ठूलो धक्का लाग्ने समेत अध्यक्ष स्वागत नेपालले बताए ।

उन्नत लाेकतन्त्र पार्टीले ७७ वटै जिल्लामा अब खुला किताब चुनाव चिन्ह प्राप्त गर्ने भएको छ।स्थानीय निर्वाचनमा उन्नत लोकतन्त्र पार्टीले कुनै पनि पालिकामा जितेको खण्डमा बिजुली, पानि, शिक्षा, स्वास्थ्य र रोजगार निशुल्क गरिने पार्टीका अध्यक्ष स्वागत नेपालले बताए ।

 

प्रतिक्रिया