उम्मेदवार हुन चाहने जनप्रतिनिधिले पदबाट किन राजीनामा दिनुपर्ने ? यसो भन्छ निर्वाचन आयोग

admin

काठमाडौं,७ चैत : निर्वाचन आयोगले निर्वाचनमा जाँदा उम्मेदवारहरुलाई समान मैदान दिन स्थानीय जनप्रतिनिधिले राजीनामा दिनुपर्ने व्यवस्था गरिएको जनाएको छ ।

सोमबार काठमाडौंमा आयोजित नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलले स्वतन्त्र, स्वच्छ र भयमुक्त वातावरणमा चुनाव गर्नु आयोगको दायित्व भएको भन्दै उम्मेदवार भएका सबैलाई समान मैदान उपलब्ध गराउन जनप्रतिनिधिले राजीनामा दिनुपर्ने व्यवस्था गरिएको बताउनुभयो ।

बहालमा रहेकै अवस्थामा उम्मेद्वार बन्दा राज्यको स्रोतसधान उपयोग गर्ने सम्भावना देखिएको र त्यही स्वस्थ प्रतिपर्धा नहुने देखेर राजीनामा दिनुपर्ने प्रावधान राखेको पनि उहाले बताउनुभयो ।

प्रवक्ता पौडेलले जनप्रतिनिधिले राजीनामा दिँदैमा स्थानीय तह रिक्त नहुने पनि स्पष्ट पार्नुभयो । प्रवक्ता पौडेलले विगतको स्थानीय तह चुनावपछि गरिएको समीक्षामा प्राप्त सुझाव अनुसार नै मतपत्रको रंग हरियो राख्ने निर्णय गरिएको उल्लेख गर्नुभयो ।

त्यस्तै उहाले सातवटै प्रदेशमा निर्वाचन आचारसंहितको प्रभावकारी कार्यान्वयनका लागि राजनीति दल तथा सरोकारवाला निकायसंग छलफल गरिने जानकारी दिनुभयो ।

आयोगले दल दर्ताको काम सम्पन्न भइसकेको, मतदाता नामावली अद्यावधिकको काम अन्तिम चरणमा पुगेकाले मतदाता नामावली छपाई, परिचयपत्र छपाई, निर्देशिकाहरू छपाई लगायतका काम अगाडी बढाइने जनाएको छ ।

प्रतिक्रिया