व्यवसायी राधेश्याम सर्राफको निधन

admin

काठमाडौँ, ९ चैत : होटल व्यवसायी राधेश्याम सर्राफको निधन भएको छ। भारतको नयाँ दिल्लीस्थित मेदान्त अस्पतालमा उपचारको क्रममा ९२ वर्षको उमेरमा सर्राफको सोमबार राति निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

नेपालका प्रसिद्ध होटल व्यवसायी सर्राफ हायात र याक एन्ड यतीका सञ्चालक हुन्। ५९ वर्षअघि भारतबाट नेपाल आएर व्यवसाय सुरु गरेका सरार्फले सन् १९७७ मा राजधानीको दरबारमार्गमा याक एन्ड यति होटल खोलेका थिए। सर्राफको पार्थिव शरीर काठमाडौं नै ल्याएर अन्त्येष्टि गरिने जनाइएको छ।

प्रतिक्रिया