जलवायु परिवर्तनले सबै क्षेत्रमा असर पारिरहेको; प्रधानमन्त्री देउवा

पिएनपि खबर

काठमाडौंमा, चैत्र ९; वन तथा वातावरण मन्त्रालयद्वारा आयोजित दिगो पर्वतीय अन्तरराष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले जलवायु परिवर्तनले सवै क्षेत्रमा असर पारिरहेको भन्दै यस बिषयमा नेपालको एजेण्डालाई प्रभावकारी रुपमा अघि बढाउने समेत बताउनुभयो ।

उहाले विश्वका हिमाली देशहरुसंग पर्वतीय जैविक विविधता तथा पारिस्थितिकीय प्रणालीका बिषयमा सहकार्य आवश्यक रहेको धारणा राख्नुभयो । सम्मेलनमार्फत पर्वत–समथर भूभागबीचको अन्तरसम्बन्धलगायतका विधामा हुने छलफल महत्वपूर्ण हुने उहाको भनाई छ ।

दुई दिने सम्मेलनमा विश्वका १३ मुलुकका २०० जनाको सहभागिता छन् । सम्मेलनमा पर्वतीय वातावरणसँग सम्बन्धित पाँच वटा विधामा कार्यपत्र प्रस्तुति र छलफल हुने मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया