विद्युत् जति चाहिए पनि दिन सक्छाैँ, लोडसेडिङ हुँदैन : कुलमान घिसिङ

admin

काठमाडौँ, १० चैत : नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भारतबाट बिद्युत आयातमा समस्या देखिएपनि लोडसेडिङ नहुने स्पष्ट पार्नुभएको छ ।

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै घिसिङले भारतमा बिद्युतको मूल्य उच्च भएकाले खरिद नगर्दा केहि समस्या देखिएपनि लोडसेडिङ नहुने स्पष्ट पार्नुभएको हो ।

उहाले केहि दिनभित्रै समस्या समाधान हुने बताउनुभयो । घिसिङले सुख्खा मौसममा देखिएको संकट टार्न भारतसँग विजुली किन्न खोज्दा अत्यधिक महंगो परेको बताउनुभयो । भारतबाट महँगोमा बिजुली किन्दा ३५ दिनमै करिब ८ अर्ब रुपैयाँ बराबर घाटा हुने उहाले जानकारी दिनुभयो ।

हालको समस्या छोटो अवधिको रहेको भन्दै उहाले महँगोमै बिजुली किनेर भएपनि सबै उद्योगमा पर्याप्त बिजुली आपूर्ति गरिने बताउनुभयो । रुस र युक्रेन युद्धको असर भारतीय उर्जा बजारमा पर्दा विद्युतको मूल्य बृद्धि हुनपुगेको उहाले बताउनुभयो ।

त्यस्तै उहाले जेठपछि नेपालमै बिजुली उत्पादन बढ्ने र त्यसपछि समस्या नहुने दावी गर्नुभयो । उहाले अहिलेको बेस लोड करिव ११ सय ५० मेघावाट रहेको भन्दै बिभिन्न आयोजनामार्फत बिधुत आपूर्ति सहज हुने बिश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया