एमसीसीको विरोधमा प्रदर्शन गर्दा पक्राउ परेका १५ जनालाई छोड्न अदालतको आदेश,प्रहरीले फेरी गेटबाटै पक्रियो

admin

काठमाडौं, ११ चैत्र: अमेरीकी सहयोग परियोजना एमसीसी विरुद्ध आन्दोलनमा पक्राउ परेकाहरुलाई अदालतले साधारण तारेखमा छाडे लगत्तै पुनः पक्राउ गरिएको छ ।

एमसिसिविरुद्ध आन्दोलनमा १ महिनाअघि पक्राउ परेका १५ जनालाई साधारण तारेखमा छाड्न आदेश दिइएको हो ।

पक्राउ परी वानेश्वर प्रहरीमा राखिएका उनीहरुलाई आज थुनछेकको बहसबाट साधारण तारेकमा छाड्ने आदेश भएको थियो ।

तर अदालतले आदेश दिनासाथ अदालतकै गेटबाट फेरी पक्राउ गरि थुनामा राखेको छ । वरिष्ठ अधिवक्ताद्वय बालकृष्ण न्यौपाने, डा सुरेन्द्र भण्डारी, अधिवक्ता कृष्ण प्रसाई, रामहरि नेपाल लगायत उन्नत लोकतन्त्र पार्टीका अध्यक्ष स्वागत नेपालले आज बहस गरेसंगै साधारण तारेखमा छाड्न अदालतको आदेश थियो ।

पक्राउ पर्नेमा श्रीविलास खनाल, राजन घिमिरे, अनिपाल वि.क, मणिक लामा, दिपेन्द्र शाही, सुरज राय, जितेन्द्र श्रेष्ठ, विलास पराजुली, पदम तामाङ, ग्याम्जो लामा, प्रमोद लामा, आश्मिन दाहाल, लक्ष्मण कार्की, नेत्र बस्नेत, वासु पाठक, लछुमन तामाङ समेत पक्राउ परेका थिए ।

पक्राउ परेका १५ जनाले नै आफूहरु अदालतभित्रै बास बस्ने तर प्रहरीसँग नजाने अडान राखेका थिए ।

प्रतिक्रिया