हरियो मतपत्रबाट तर्सिनेहरू निर्वाचनको परिणामबाट पनि तर्सिन्छन् : महामन्त्री शर्मा

admin

काठमाडौँ, १२ चैत :  नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले हरियो रंगको मतपत्रबाट तर्सिनेहरु निर्वाचनको परिणामबाट पनि तर्सिने दावी गर्नुभएको छ ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा शर्माले आफुलाई बलियो भन्ने नेकपा एमाले मतपत्रको रंगबाट तर्सिएको भन्दै अव निर्वाचनको परिणामबाट पनि तर्सिने अवस्था आउने दावी गर्नुभएको हो ।

महामन्त्री शर्माले केपी ओली नेतृत्वको सरकारले गरेको बिकासलाई डायनासोर बिकासको संज्ञा दिनुभयो । ठूलो ठूलो बिकासको कुरा गरेर काम नगर्ने पार्टी एमाले भएको उहाको भनाई छ ।

उहाले आगामी निर्वाचनमा तालमेल गर्ने अधिकार मातहतका समितिलाई दिनुपर्ने र यस बिषयमा केन्द्रीय कमिटीले आवश्यक निर्णय गर्ने बताउनुभयो ।शर्माले आगामी निर्वाचनमा कांग्रेस सहि बिचार र दृष्टिकोणसहित जनतामा जाने र देशको ठूलो र बहुमतको पार्टी बन्ने धारणा राख्नुभयो ।

प्रतिक्रिया