मोटरसाइकल दुर्घटना : चार जनाको ज्यान गयो, एक जना घाइते

admin

काठमाडौँ, १५ चैत : धनुषाको सबैलामा भएकोे मोटरसाइकल दुर्घटनामा चार जनाको ज्यान गएको छ । एक जना घाइते भएका छन् ।

सबैला नगरपालिका–१२ बरकुर्वामा बेलुका साढे ८ बजेतिर ज ६ प ६७३९ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ पल्टिँदा मोटरसाइकलमा रहेका पाँच जनामध्ये चार जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिनुभयो ।

दुर्घटनामा सबैला नगरपालिका–२ का १५ वर्षीय राहुल यादव, १२ वर्षीय लक्ष्मी यादव, बौका भनिने विकास यादव र १४ वर्षीय सुमित यादव रहेका प्रहरीले जनाएको छ ।

दुर्घटनामा सबैला–२ का १९ वर्षीय सुरेन्द्र यादव घाइते भएका र यादवको प्रादेशिक अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ । तीव्र गतिका कारण मोटरसाइकल दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया