भक्तपुरमा दुर्गा प्रसाईंले खोले तरकारी बजार, ओलीले उद्घाटन गर्ने

admin

काठमाडौँ, १५ चैत : भक्तपुरको सिपाडोलमा नेपालकै सबैभन्दा ठूलो तरकारी बजार खुलेको छ । बजारको बुधबार एमाले अध्यक्ष केपी ओलीले उदघाटन गर्ने भएका छन् ।

मेडिकल व्यवसायी दुर्गाप्रसाद प्रसाईले तरकारी बजार सञ्चालनमा ल्याएका हुन् । बजारका सञ्चालक राकेशप्रसाद प्रसाईंले तरकार बजार उद्घाटनको तयारी पूरा भएको जनाए । बजारले भक्तपुरको विकासमा सहयोग पुग्ने उनको विश्वास छ ।

सूर्यविनायक हरित कृषि थोक बजार नामक कृषिबजार जिल्लाको सूर्यविनायक नगरपालिका-८ आदर्श सिपाडोल क्षेत्रमा छ । भक्तपुरकै मुख्य सूर्यविनायक चोक नजिकै दक्षिण पूर्वमा यो बजार छ ।

बजारमा दुईवटा द्वारहरू छन् । एउटा अरनिको राजमार्गअन्तर्गत सूर्यविनायकबाट करिब दुई तीन सय मिटरपूर्व अरनिको राजमार्गबाटै र अर्काे अरनिको राजमार्गअन्तर्गत आदर्श बस स्टपबाट माथि सिपाडोल जाने मुख्य बाटोमै छन् ।

आधुनिक रूपमा सञ्चालन गरिएको बजारमा सवारीसाधन पनि एकतर्फी रूपमा सञ्चालन गर्ने व्यवस्थान गर्न दुईवटा द्वार राखिएको छ । कृषि बजारमा तरकारी राख्न ल्याउने गाडीहरूको जाम नहोस् भनेर एकतर्फी बाटो कायम गरिएको छ । कृषि बजारभित्रसम्म तरकारी पुयाउन मोटर पुग्ने गरी व्यवस्था मिलाइएको छ ।

प्रतिक्रिया