दिल्लीको बजेट देशकै पहिलो ‘रोजगार बजेट’ – केजरीवाल

पिएनपि खबर

काठमाडौँ, १६ चैत; दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले रोजगारीलाई केन्द्रविन्दुमा राखेर सार्वजनिक गरिएको दिल्लीको बजेट देशकै पहिलो रोजगार बजेट भएको बताउनु भएको छ ।

सञ्चारकर्मीहरूसँग कुरा गर्दै मुख्यमन्त्री केजरीवालले सो कुरा बताउनु भएको हो ।भारत स्वतन्त्र भएयता पहिलो पटक दिल्लीमा रोजगारीलाई मुख्य केन्द्रबिन्दु बनाएर बजेट बनाइएको उहाँको भनाइ छ ।

दिल्लीको बजेट भारतको पहिलो रोजगार बजेट भएको दाबी समेत गर्नुभयो । शिक्षित युवाहरूले अझै पनि जागिरको लागि संघर्ष गर्नुपरेको बताउँदै बितेका केही वर्षमा विद्युतीकरण, राजस्व सङ्कलन र महामारीले गर्दा रोजगारीको परिदृश्य झनै खराब भएको मुख्यमन्त्री अरविन्द केजरीवालले बताउनु भयो ।।

प्रतिक्रिया