एमालेले माग्यो मुख्यमन्त्री केसीको राजीनामा

admin

काठमाडौँ, १६ चैत : नेकपा एमालेले लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीको राजिनामा माग गरेको छ ।

बुधबार बुटवलमा बसेको एमाले लुम्बिनी प्रदेशसभा संसदीय दलको बैठकले लुम्बिनी प्रादेशिक अस्पतालको भवन ठेक्कामा सरकारले नै मिलेमतो गरेर राज्यलाई डेढअर्व बढि नोक्सान पु¥याउन खोजिएको भन्दै मुख्यमन्त्री केसीको राजिनामा माग गरेको हो ।

एमाले संसदीय दलका उपनेता बैजनाथ चौधरीले लुम्बिनी प्रादेशिक अस्पतालको भवन निर्माणका लागि दुईवटा निर्माण कम्पनीलाई मात्र प्रतिष्पर्धा गराउने गरि प्रदेश पुर्वाधार विकास प्राधिकरणले स्पेसिफिकेसन तयार गरेर राज्यलाई आर्थिक नोक्सान पु¥याउन खोजेको र मुख्यमन्त्री नै प्राधिकरणका अध्यक्ष रहेकोले राजनीनामा दिनुपर्ने बताउनुभयो ।

उहाले आर्थिक मिलेमतो रहेको आशंकापछि प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनन्तराम घिमिरेको राजिनामाले उक्त मिलेमतोलाई पुष्टि गरिदिएको धारणा राख्नुभयो ।

एमालेले केसी मुख्यमन्त्री भएपछि प्रदेश सरकारले एकपछि अर्को विवादास्पद काम गरेका, संघीयताको मर्ममाथि प्रहार र नागरिकमा संघीय शासन प्रणालीप्रति वितृष्णा जगाउने क्रियाकलाप हुँदै आएको आरोप लगाएको छ ।

प्रदेशको आवधिक योजनाले प्राथमिकरण गरेका आयोजनामा विनियोजन गरेको बजेट पूर्णतः कटौती गरेर गैरजिम्मेवारीपन देखाइएको एमालेको आरोप छ ।

प्रतिक्रिया