मंगलम सिपिभिसि प्लस पाइपले पायो नेपाल गुणस्तर चिन्ह

admin

काठमाडौँ, चैत्र १६ः नेपालको पहिलो सी.पी.भी.सी पाइप उत्पादक र अग्रणी निर्यातकर्ता मङ्गलम इण्डस्ट्रिज बाट उत्पादित सीपीभीसी प्लस पाइपले नेपाल गुणस्तर चिन्ह प्राप्त गरेको छ ।

यसका एस्डिआर ११ (१५ र ५० मिमि) र एस्डिआर १३.५ (२० र ५० मिमि) लाई नेपाल गुणस्तर चिन्ह ५७० प्रदान गरिएको हो ।बजारमा लामो समयदेखि गुणस्तरीय उत्पादन दिइरहेको मङ्गलमको एख्ऋ र ज्म्एभ् पाइपले भने पहिले देखि नै नेपाल गुणस्तर मान्यता पाइसकेका छन् ।

गुणस्तर तथा नापतौल बिभागले विभिन्न नेपाली उत्पादनहरुलाई गुणस्तरको मानकको रुपमा यो चिन्ह प्रदान गर्दै आएको छ । नेपाल गुणस्तर चिन्ह अन्तरराष्ट्रिय मान्यता प्राप्त छ र यो चिन्ह पाएका उत्पादनहरु गुणस्तरीय र नेपाली बजारमा बिक्रि योग्य मानिन्छन् ।

मंगलम इण्डस्ट्रिजका उपाध्यक्ष प्रदिप शुक्लाले भन्नुभयो, “हाम्रो सी.पी.भी.सी प्लसले नेपाल गुणस्तर चिन्ह पाएको जानकारी गराउन पाउँदा हामी अत्यन्तै उत्साहित छौँ ।

उत्पादन प्रक्रियामा सबै मापदण्ड पु¥याएका, गुणस्तरीय र सुरक्षित उत्पादनहरुलाई गुणस्तर विभागले यो चिन्ह प्रदान गर्दै आइरहेको छ । यो हाम्रो लागि उल्लेखनीय उपलब्धि हो । साथै यसले हामीलाई भविष्यमा अझै गुणस्तरीय उत्पादन गर्न पनि हौसला दिएको छ ।”

नेपालकै सबैभन्दा ठूलो प्रयोगशाला भएको मंगलम् इन्डस्ट्रिजले निर्माण कार्यमा आवश्यक पाइप्स र फिटिङ्सहरु नेपालमै उत्पादन गर्दै आइरहेको छ ।

मंगलम्को हरेक उत्पादनहरु उच्च गुणस्तरीय जापानीज कच्चा पदार्थबाट अत्याधुनिक प्रविधिको प्रयोग गरी बनाइन्छन् । मंगलम्को यी उत्पादनहरु प्लम्बिङ पेशामा लागेका अनुभवी पेशाकर्मीहरुको साथै घर–धनीहरु र निर्माण व्यवसायीहरुको पहिलो र विश्वसनीय रोजाइ हो ।

प्रतिक्रिया