बसले मोटरसाइकललाई ठक्कर दिंँदा पतिपत्नीको मृत्यु

admin

काठमाडौँ, १७ चैत : चितवनको रत्ननगरमा बसले मोटरसाइकललाई ठक्कर दिंँदा मोटरसाइकल सवार पतिपत्नी दुवै जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा रत्ननगर नगरपालिका-२ का ४५ वर्षीय निरञ्जन श्रेष्ठ र मोटरसाइकल पछाडि बसेकी उनकी पत्नी अन्दाजी ४० वर्षीया निनतारा श्रेष्ठ रहेका छन्।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीका अनुसार पूर्वबाट पश्चिमतर्फ जांँदै गरेको ना ५ ख १९० नम्बरकोे बसले सोही दिशातर्फ जाँदै गरेको बागमती प्रदेश ०३– ००२ प १८९५ नम्बरको मोटरसाइकललाई रत्ननगरको भानुचोकमा हिजो बुधबार सांँझ ५ बजे ठक्कर दिंँदा उक्त दुर्घटना भएको थियो।

दुर्घटनामा सिकिस्त दुवैजनाको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा निरञ्जनको ६ बजेर ६ मिनेटमा मृत्यु भएको र उनकी पत्नी निनताराको सांँझ ७ बजेर १० मिनेटमा मृत्यु भएको अधिकारीले जानकारी दिए। चालक प्रहरीको नियन्त्रणमा छन्।

 

प्रतिक्रिया