घलेगाउँमा स्मार्ट भिलेज तेस्रो गोल्डकप हुने

पिएनपि खबर

काठमाडाैंमा,१७ चैत: नमुना पर्यटकीय घलेगाउँमा स्मार्ट भिलेज तेस्रो गोल्डकप-२०७९ हुने भएको छ । क्व्होलासोथर गाउँपालिका-३ स्थित उत्तरकन्या युनाइटेड युवा क्लबको आयोजनमा गाेल्डकप फुलबल प्रतियोगिता हुने भएको हो ।

घलेगाउँको स्वर्ग भूमि रंगशालामा सञ्चालन हुने प्रतियोगिता नयाँ वर्ष अर्थात् आगामी १ वैशाखदेखि सुरु हुने आयोजक उत्तरकन्या युनाइटेड क्लबका अध्यक्ष बेलराम घलेले बताए ।

प्रतियोगिताको प्रथम पुरस्कार राशी नगद २ लाख रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र रहेको छ भने द्वितीय पुरस्कार नगद १ लाख रुपैयाँ, शिल्ड, मेडल र प्रमाणपत्र रहेको छ ।

प्रतियोगितामा उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई पुरस्कार स्वरुप ७/७ हजार रुपैयाँ प्रदान गरिने अध्यक्ष घलेले जानकारी दिए । प्रतियोगितामा १२ टिम मात्र सहभागी गराउने आयोजकले जनाएको छ । प्रतियोगितामा सहभागिताका लागि १ वैशाख बिहानसम्म टिम दर्ता समय तोकिएको खेल संयोजक गंगा घलेले वताए । उनका अनुसार टिम दर्ता शुल्क १२ हजार तोकिएको छ ।

प्रतिक्रिया