आसन्न स्थानीय निर्वाचनमा तालमेल गरेर अघि बढ्ने पाँच दलीय गठबन्धनको निर्णय

admin

काठमाडौं, १७ चैत : सत्तागठबन्धनले आसन्न स्थानीय निर्वाचनमा चुनावी तालमेलका लागि संयन्त्र निर्माण गर्ने निर्णय गरेको छ ।

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले चूनावी तालमेका लागि प्रदेश, जिल्ला र स्थानीय तहस्तरमा छुट्टा–छुट्टै संयन्त्र निर्माण गर्ने निर्णय गरेको सञ्चारमन्त्री एवं कांग्रेस नेता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिनुभयो ।

संयन्त्रहरूलाई चैत्र २२ गतेभित्र पाँच दलको अवस्था कस्तो छ भन्नेबारे केन्द्रलाई प्रतिवेदन बुझाउन निर्देशन दिइएको उहाले बताउनुभयो ।

प्रतिवेदनका आधारमा नै लागि प्रदेश, जिल्ला र स्थानीय तहस्तर हुने तालमेलका बिषयमा आवश्यक निर्णय गरिने काकीले बताउनुभयो ।

उहाले आगामी निर्वाचनमा हामी राष्ट्रियसभा सदस्यको निर्वाचनमा जस्तै एक ठाउँमा उभिएर चुनाव लड्ने उल्लेख गर्नुभयो ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबारदेखि हुने भारत भ्रमणका बारेमा जानकारी गराउनुभएको कार्कीले जानकारी दिनुभयो । बैठकमा गठबन्धन दलका नेताहरूले प्रधानमन्त्री देउवालाई भारत भ्रमणको सफलताको शुभकामना व्यक्त गरेका गरेका छन् ।

 

प्रतिक्रिया