‘बाँध मायाले’मा बिमला र निमाको रोमान्स ( भिडियो )

admin

काठमाडौँ : गायक निमा तामाङ र गायिका अन्नु चौधरीको युगल गायनमा समावेश प्रेमिल शैलीको ‘बाँध मायाले’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। युवा प्रेम र आकर्षणको भावलाई समिटिएको यस गीतमा तारा प्रकाश लिम्बुको शब्द संगीत रहेको छ।

यस गीतलाई सबिन लिम्बुले संगीत संयोजन गरेका हुन्। म्युजिक भिडियोमा स्वयम् गायक तामाङ र बिमला खाजुमलाई रोमाण्टिक मुडमा देख्न सकिन्छ। भुपेन्द्र तुम्बाहाम्फेको छायाँकन र सम्पादनमा भिडियो तयार पारिएको हो।

ओएसआर डिजिटलको युट्युव च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो। यसअघि गायक तामाङको स्वरमा रहेको ‘हेर्देउन मायाले’ लगायत थुप्रै चर्चित गीतहरु सार्वजनिक भैसकेका छन्।

प्रतिक्रिया