विप्लव नेतृत्वको नेकपाका करिब १३ सय नेता कार्यकर्ता नेकपा समाजवादीमा प्रवेश

admin

काठमाडौं, १८ चैत : स्थानीय तह चुनाव नजिकिदै गर्दा राजनैतिक दलहरु देश दौडाहमा छन् ।

विभिन्न पार्टी छाड्ने र प्रवेश गर्नेको लहर चलेको छ । यसैबिचमा चितवनको राप्ति नगरपालिकामा ठूलो संख्यामा नेकपाका नेता कार्यकर्ता नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।

विप्लव नेतृत्वको नेकपाका करिब १३ सय नेता कार्यकर्ता माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका हुन् । उनीहरुलाई बागमती प्रदेश सरकारका कानून मन्त्री कृष्णभक्त खनालले पार्टी प्रवेश गराएका हुन् ।

मन्त्री खनालले समाजवाद निर्माणमा योगदान पुर्याउन नयाँ साथिहरूले भूमिका खेल्ने जिकिर गरे । बामपन्थी आन्दोलन सृजनात्मक ढंगले अघि बढाउन, शहिदहरू प्रति सम्मान र प्राप्त उफब्धिहरूको रक्षा र बाँकी अधिकार प्राप्त गर्न समाजवादीमा प्रवेश गरेको नेकपा नगर इन्चार्ज राम सेढाईँद्धारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ ।

प्रतिक्रिया