संविधान कार्यान्वयनका लागि गठबन्धन आवश्यक छ : मन्त्री झाँक्री

admin

धनकुटा, १९ चैत : सहरी विकासमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का सचिव रामकुमारी झाँक्रीले लोकतन्त्रलाई सही बाटोमा हिडाउँदै संविधान कार्यान्वयनका लागि वर्तमान गठबन्धन आवश्यक रहेको बताउनुभएको छ ।

नेकपा (एकीकृत समाजवादी)ले आज धनकुटामा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मन्त्री झाँक्रीले नेपालमा संविधान कार्यान्वयनसँगै दिगो विकासको आवश्यकता रहेकाले त्यसलाई पूर्णता दिन आसन्न चुनावसम्म गठबन्धन आवश्यक रहेको बताउनुभयो ।

वर्तमान गठबन्धन सरकारका दलहरूले साझा घोषणापत्रका साथ चुनावमा जानेसमेत कार्यक्रमका अवसरमा मन्त्री झाँक्रीले बताउनुभयो ।

नेकपा (एमाले)मा आफूहरूको निकै ठूलो योगदान रहेको भए पनि नेतृत्वमा रहेका केही नेताहरूको मिचाहा प्रवृत्तिका कारण एमाले छाड्नुपरेको समेत कार्यक्रमका अवसरमा मन्त्री झाँक्रीले बताउनुभयो ।

प्रतिक्रिया