बुद्ध एयरको विमानमा खरायो ठोक्कियो

admin

काठमाडौं, २१ चैत : नेपालगञ्ज विमानस्थलमा जहाजमा खरायो ठोक्किएको छ। काठमाडौँबाट नेपालगञ्ज आएको बुद्ध एयरको जहाज ल्यान्ड हुने बेलामा खरायो ठोक्किएको हो। घटना राति पौने आठ बजेको हो।

बुद्ध एयर, नेपालगञ्जका व्यवस्थापक विनित शाहले जहाज ल्यान्ड हुने क्रममा खरायो ठोक्किएको बताए। जहाजसँग ठोक्किएको खरायोको मृत्यु भएको छ। जहाजमा खरायो ठोक्किएपछि केहीबेर उडान रोकिएको थियो। अहिले उडान सुचारु भएको छ।

नेपालगञ्ज विमानस्थलमा यसअघि पटक–पटक जहाजमा बँदेल ठोक्किएको थियो। बँदेल ठोक्किने क्रम बढेपछि विमानस्थल कार्यालयले धावनमार्ग नजिकको झाडी सफाइ गरेको थियो।

विमानस्थल कार्यालयमा झाडी सफाइका लागि समेत बजेट नआउँदा नियमित सफाइ हुन सकेको छैन। सुरुमा नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरीले झाडी सफाइ गरिदिएकोमा पछि विमानस्थल कार्यालयले मजदूर लगाएर सफाइ गरेको थियो।

धावनमार्ग नजिक रहेको झाडीमा जंगली जनावर रहेकाले विमानस्थलमा जनावर ठोक्किने जोखिम रहँदै आएको छ।

प्रतिक्रिया