बिहे गर्ने प्रलोभन देखाई ठगी गर्ने श्रेष्ठ पक्राउ

admin

काठमाडाैं, २२ चैत : महानगरीय अपराध महाशाखा मिनभवनले बिहे गर्ने बहाना बनाई ४२ लाख रुपैयाँ ठगी गर्ने व्यक्तिलाई पक्राउ गरेको छ ।

महाशाखाका सूचना अधिकृत प्रहरी उपरीक्षक कृष्ण प्रसाद कोईरालाका अनुसार रामेछापको साँघुटार घई भई हाल काठमाडौंको धापासी बस्ने ५२ बर्षिय नबिन भन्ने लोक बहादुर श्रेष्ठलाई ४२ लाख रुपैयाँ ठगी गरेको जाहेरीको आधारमा पक्राउ गरिएको हो ।

श्रेष्ठले ठगी गर्ने योजना बनाई बिवाह गर्ने र फोन सम्पर्क गर्ने प्रलोभन देखाई पीडितलाई बिश्वासमा पारी आफू बिरामी परेको भनि कहिले अस्पतालमा उपचार गर्न त कहिले झारफुक गर्नको लागि भन्दै आईएमई तथा सिटी एक्सेप्रेस मार्फत पटक पटक गरी करिब ४२ लाख ३४ हजार रुपैयाँ ठगी गरेको अभियोगमा रहेको छ ।

पीडितको सोही व्यहोराको जाहेरीको आधारमा महाशाखाबाट खटिएको बिशेष प्रहरी टोलीले यही चैत्र २० गते काठमाडौंको बिशालनगरबाट ठगी कार्यमा संलग्न श्रेष्ठलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका श्रेष्ठलाई ठगी कसुर अन्र्तगत थप कारवाही गर्नको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाईएको प्रहरी उपरीक्षक कोईरालाले जानकारी दिएका छन् ।

प्रतिक्रिया