आजको मौसम :चट्याङसहित वर्षाको सम्भावना

admin

काठमाडाैं, २३ चैत : मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १‚ बागमती र गण्डकी प्रदेशमा हल्का वर्षाको सम्भावना रहेको छ।

भारतको बिहार तथा आसपासमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभावका कारण बुधवार बिहान देशभर आंशिक बदली रहेको छ।

दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशका सामान्य बदली रही चट्याङसहित हल्का वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

देशका अन्य भू-भागमा भने आंशिक बदली रहने छ। राति प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा सामान्य बदली रही प्रदेश १ र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। अन्य प्रदेशको मौसम सामान्यतः सफा रहने जनाइएको छ।

प्रतिक्रिया