बिस्का जात्राको लागि रथ निर्माण तीव्र (फाेटाेफिचर)

admin

भक्तपुरको ऐतिहासिक बिस्का जात्राका लागि रथ तयार गरिँदै ।

काठमाडौं उपत्यकाका तीन जिल्ला भक्तपुर, ललितपुर र काठमाडौंका परम्परागत साँस्कृतिक जात्रामध्ये बिस्का जात्रा पनि एक हो । स्थानीय भाषामा बिस्का भनिने यो जात्रालाई अहिले बिस्केट भनेर चिनिन्छ ।

जात्राका लागि भक्तपुर दरवार क्षेत्रमा रहेको पाँच तले र भैरवनाथको मन्दिर प्रांगणमा अहिले रथ बनाइँदै छ ।

तीन तले प्यागोडा शैलीको भैरवनाथको रथ तानेर बिस्का जात्रा सुरु गरिन्छ । नयाँ वर्षको आगमनसँगै सुरु हुने बिस्का जात्रा आठ रात नौ दिनसम्म धुमधामसँग मनाइन्छ भने थिमिमा तीन दिन मनाइन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू