नयाँ बर्ष तथा बिस्का जात्राको अवसरमा रक्तदान तथा धिमे बाजा प्रदर्शन गरिने

admin

नवबर्ष २०७९ तथा भक्तपुरको ऐतिहासिक बिस्का जात्राको शुभ अवसरमा परिवर्तनका लागि हाम्रो आवाज अभियानका श्री नास है:मा बाजा खल: द्वारा रक्तदान कार्यक्रम तथा धिमे बाजा प्रदर्शन गरिने भएको छ।

 

चैत्र २६ गते भक्तपुरको ऐतिहासिक मन्दिर टौमढीमा बिहान ८ बजेदेखि रक्तदान कार्यक्रम आयोजना गरिएको छ। रगत अभावकै कारण कसैले ज्यान गुमाउन नपरोस भन्ने उदेश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको अभियानका संयोजक साजन विश्वकर्माले बताए।

त्यस्तै चैत्र २६ गते नै बेलुका ४ बजे भक्तपुरको ५ तले मन्दिरको प्रांगणमा धिमे बाजा प्रदर्शन गर्ने कार्यक्रम रहेको छ। भक्तपुरको ऐतिहासिक कला र संस्कृतिलाई जगेर्ना गर्ने उदेश्यले उक्त कार्यक्रम आयोजना गरिएको अभियानका युवा संयोजक श्याम रजकले बताए।

प्रतिक्रिया