राप्रपाकाे काठमाडाैंमा शक्ति प्रदर्शन (फोटो फिचर)

admin

काठमाडौं, २५ चैत : स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले शुक्रबार काठमाडौंमा शक्ति प्रदर्शनसहित आमसभा गरेको छ । आमसभा अहिले काठमाडौंको खुलामञ्चमा जारी छ ।

आमसभालाई सम्बोधन गर्न अध्यक्ष राजेन्द्र लिङ्देन, पूर्व अध्यक्षहरू पशुपतिशमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनी, नेता कुन्ती शाही, रेखा थापा लगायतका नेताहरू खुलामञ्चमा पुगेका छन् ।


आमसभा सुरु हुनुअघि सो पार्टीका नेता तथा कार्यकर्ताले काठमाडौंका विभिन्न स्थानबाट झाँकीसहितको जुलुस निकालेका थिए । चुनावको मुखमा राजधानीमा आफ्नो शक्ति देखाउने उद्देश्यका साथ राप्रपाले आमसभा गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू