अहिलेपनि माओवादीलाई घेरा हाल्ने क्रम रोकिएको छैन : अध्यक्ष प्रचण्ड

admin

काठमाडौँ, १ वैशाख :  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले अहिलेपनि माओवादीलाई घेराहाल्ने क्रम नरोकिएको बताउनुभएको छ ।


बिहीबार ललितपुरमा आयोजित पार्टी ध्रुविकरण कार्यक्रममा प्रचण्डले जनयुद्धका बेला पनि माओवादीलाई सखाप पार्न भ्रम छर्दै प्रतिकृयाबादीहरुले घेराहाल्ने गरेको र त्यो क्रम अहिले पनि जारी रहेकाले माओवादी एक भएर प्रतिरोध गर्नुपर्ने बताउनुभयो ।

प्रचण्डले नेकपाका नेताहरुसंग छलफल भइरहेको भन्दै नेकपाको सिंगो टिमलाई पार्टीमा एकताबद्ध गराउने वातावरण बन्दै गएको दावी गर्नुभयो ।

उहाले नेकपाका केहि नेताहरु अझै पनि जेलमा रहेको भन्दै उनीहरुलाई जेलबाट छुटाउन आफूले पहल गरिरहेको जानकारी दिनुभयो । उहाले छरिएर रहेका माओवादीहरु एक भएर प्रतिक्रियाबादीलाई प्ररास्त गर्नुपर्ने धारणा राख्नुभयो ।

बैज्ञानिक समाजवादतर्फको यात्रालाई माओवादीको नेतृत्वमा बलियो बनाउने आधार निर्माण आधार तयार भएको उहाले बताउनुभयो । प्रचण्डले एमालेभित्रै८० प्रतिशतभन्दा बढी इमानदार कम्युनिस्ट रहेको जिकिर गर्नुभयो ।

नेतृत्वले भ्रम दिएर बन्दी बनाई राखेका उनीहरुलाई माओवादीले मुक्त गर्नुपर्ने उहाले बताउनुभयो । अध्यक्ष प्रचण्डले माओवादी आन्दोलनले ल्याएको परिवर्तन उल्टाउन देशी विदेशी शक्ति सक्रिय भएर लागिरहेको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया