चितवनको राप्ती नगरमा नेकपा एसले बाजी मार्ने संकेत,मेयरमा लामा र उपमेयरमा श्रेष्ठको नाम सिफारिस

admin

चितवन, २ वैशाख : स्थानिय निर्वाचनको लागी नेकपा एकीकृत समाजवादी पार्टीले चितवनको राप्ती नगरपालिकाका लागि मेयर र उपमेयरको नाम टुंगो लगाएको छ ।

मेयरमा नगर अध्यक्ष शमशेर लामा र उप प्रमुखमा अनेमसंघ राप्ती नगर अध्यक्ष बुद्धिमाया श्रेष्ठ (सरिता)लाई चयन गरेको हो ।

आज डडुवामा बसेको राप्ती नगर कमिटिको पूर्ण बैठकबाट उनीहरुको नाम सिफारिस गरेको हो । प्रत्येक वडामा आकाँक्षि बढी भएको भन्दै अहिलेलाइै नगर प्रमुख र उप प्रमुखको लागी मात्रै उम्मेदवार चयन गरेको हो ।

१३ वटै वडाबाट उम्मेदवारी चयन गरि जिल्ला कमिटिमा सिफारिस गरिएको जिल्ला अध्यक्ष डा.कृष्ण राज पन्तले जानकारी दिए ।

यसैविच बैठकले नगर इन्चार्ज हेमन्त कँडेलको संयोजकत्वमा ५ सय १ जना सदस्य रहने गरी निर्वाचन परिचालन मुल कमिटी पनि गठन गरेको छ । कमिटीको सह संयोजकमा रत्न लोप्चन चयन भएका छन ।

प्रतिक्रिया