सप्तरीमा ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु

पिएनपि खबर

काठमाडौं, ४ वैशाख : सप्तरीको रुपनी गाँउपालिका–५ मुसहरनिय बसबिटीमा गएराती ट्रयाक्टर पल्टीदा चालकको मृत्यु भएको छ । दुर्घटनामा दुईजना घाइते भएका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका चालक स्थानिय २८ बर्षीय रविन्द्र यादवलाई उपचारको लागी राजविराज स्थित गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पताल पु¥याउनसाथ चिकित्सकले मृत घोषणा गरेका थिए ।

दुर्घटनामा घाइते भएका ट्रयाक्टरमा सवार स्थानिय ७१ बर्षीय भरत यादव र उनको १७ बर्षीय नाति सुभाष कुमार यादवको रुपनी स्थित युनिक अस्पतालमा उपचार भइरहेको छ ।

खाडो खोलाको डिलबाट गँहु लोड गरी बसबिटी गाँउतर्फ आउदै गरेको स १ त ५१ ५४ ट्याक्टर गएराती साढे १० बजे नियन्त्रण गुमाएर पल्टीएको थियो ।

 

प्रतिक्रिया