पाल्पामा ७० वर्षीया वृद्धा बलात्कृत

पिएनपि खबर

काठमाडौं, ५ वैशाख : पाल्पामा एक जना ७० वर्षीया महिला बलात्कृत भएकी छन् ।

ती महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले रिब्दिकोट गाउँपालिका–४ भैरबस्थान बस्ने २७ वर्षीय संजय सुनारलाई आइतबार साँझ पक्राउ गरेको छ ।

सुनारले ती महिलालाई सोही ठाउँस्थित भैरबस्थान मन्दिर नजिकै शनिबार राति बलात्कार गरेको प्रहरीले जनाएको छ ।

बलात्कारको खबर प्राप्त हुनासाथ प्रहरी चौकी हार्थोकबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया