निर्वाचन सर्दैन, ३० वैशाखमै हुन्छ : प्रचण्ड

पिएनपि खबर

काठमाडौं, ५ वैशाख : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तह निर्वाचन मिति कुनै पनि हालत नसर्ने बताएका छन् । पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमार्फत उनले चुनाव सर्ने हल्ला फैलिरहेको भन्दै तोकिएकै मितिमा चुनाव हुने प्रष्ट पारे ।

‘निर्वाच सर्दैन् । ३० वैशाखमै निर्वाचन हुन्छ । गठबन्धनमा आबद्ध दलहरू निर्वाचनको तयारीमा केन्द्रित भएर लागेका छौं । आम मतदातालाई म आ-आफ्नो ठाउँबाट निर्वाचनमा सहयोग गर्न आग्रह गर्दछु,’ प्रचण्डले भने ।

निर्वाचनको मिति सर्ने खेलमा पाँच दलीय गठबन्धन नै लागेको भन्दै हल्ला फैलाइएको भन्दै उनले कुनै पनि हालतमा निर्वाचन नसर्ने प्रष्ट पारे ।

प्रतिक्रिया