आजदेखि कृषि गणना

admin

काठमाडौं, ६ वैशाख : केन्द्रीय तथ्यांक विभागले आज मंगलबारदेखि देशभर कृषि गणना सुरु गर्दैछ । सातौँ कृषि गणना ७ सय ५३ वटै पालिकामा सुरु हुने केन्द्रीय तथ्यांक विभागले जनाएको छ ।

३ लाख ५० हजार किसानका घरमा पुगेर कृषि गणना गर्न ५ हजार २ सय गणक र १ हजार ३ सय सुपरीवेक्षक खटिएकाे केन्द्रीय तथ्यांक विभागका उपमहानिर्देशक हेमराज रेग्मीले जानकारी दिए ।

तथ्यांक संकलनका लागि गणक र सुपरीवेक्षकका लागि ४५ दिनको समय निर्धारण गरिएकाे छ । पशुपंक्षीको तथ्यांक, बाली, माछा, पशुपंक्षीपालन खेतीयोग्य जमिनको अवस्थाका बारेमा तथ्यांक संकलन हुनेछ ।

कृषि गणनामा कृषकलाई २४ प्रश्न सोधिनेछ । कृषि गणनाका लागि पाँच हजार २०० गणक र एक हजार ३०० सुपरीवेक्षक आआफ्नो कार्यस्थलमा पुगिसकेको यसअघि २०६८ मा कृषि गणना भएको थियो ।

प्रतिक्रिया