ललितपुर महानगरपालिकामा अधिवक्ता राजेश महर्जनका १६ बुँदे कार्ययोजनाहरु

admin

ललितपुर, ६ बैशाख:  नेपाली कांग्रेसबाट ललितपुर महानगरपालिकाका मेयर आकांक्षी राजेश महर्जनले आफ्नो नजरमा महानगरबासीलाई सुखी र सम्बृद्ध बनाउन गरिनुपर्ने १६ बुँदे कार्ययोजनाहरु सामाजिक संजालमार्फत सार्वजनिक गरेका छन्। लामो समयदेखि नेपाली कांग्रेसबाटै राजनीतिमा सक्रिय र पेशाले कानुन व्यवसायी अधिवक्ता राजेश महर्जनले ललितपुर नगरपालिकाकालाई नमुना शहरका रुपमा बिकास गर्ने आफ्ना योजनाहरु जनतामाझ लेराएका हुन् । मोनोरेल, स्मार्ट सिटि, फ्लाईओभर जस्ता ठुल-ठुला गफ भन्दा स-साना जनजिविकासँग गाँसिएका सुक्ष्म बिषयलाई बिशेष प्राथमिकता दिने उनले योजना बनाएका छन्।

Photo: pnpkhabar.com

उनले आफ्नो सामाजिक संजालमा आफ्ना १६ बुँदे कार्ययोजनाहरु यसरी प्रस्तुत गरेका छन्।

ललितपुर महानगरपालिका साँस्कृतिक ऐतिहासिक नेपालकै सबै भन्दा जेठो नगरपालिका हो। ४०००/५००० वर्ष पहिले देखिको सभ्यता र एकताको ऐतिहासिक बस्तिकाे प्रतिक हो । साँस्कृतिक र कलात्मक यो बस्तीलाई जगेर्ना गर्नु अति आवश्यक छ । कुनै पनि विकासको नामबाट पुरानो सभ्यतालाई मास्न पाइने छैन । बाटो, राजमार्गको विकास आदी इत्यादीकाे अवधारणाले पुरानो बस्ति मास्न पाईने छैन । ४०००/५००० वर्ष पुरानो बस्तीदेखि बाहिरी भाग बाहिरी क्षेत्रकाे रुपमा रहेकाे छ । शहरी विकास राजमार्गदेखि आधुनिक किसिमका विकासका योजना याे क्षेत्रमा तर्जुमा गर्न सकिने छ ।

जस अनुसार निम्न बमोजमको कार्य योजना प्रस्तुत गर्दछु ।

१.सांस्कृतिक पर्यटकीय क्षेत्र बनाउने
ललितपुर महागरपालिकालाई ऐतिहासिक सांस्कृतिक पर्यटकीय क्षेत्रको रुपमा पहिचान हुने गरी कार्य योजना तर्जुमा गर्ने छ ।
२.सार्वजनिक सम्पतिकाे संरक्षण तथा प्रवद्र्धन गर्ने
सार्वजनिक जग्गा, सटल, पाटी, पौवा मठ मन्दिर र सम्पदाहरुको संरक्षण गर्ने , जात्रा पर्व तथा अन्य साँस्कृतिक क्रियाकलापको संरक्षण तथा प्रवद्र्धन गर्ने ।
३.गुठीकाे परिचालन को लागि यथोचित कदम चाल्ने
ललितपुर महानगर पालिकाको सम्पूर्ण सभ्यतालाई जीवन्त राख्न नगर पालिका वासीको गुठीकाे लगत, लिई सवै गुठी परिचालन को लागि यथोचित कदम चाल्ने
४. सँस्कृतिकाे जगेर्ना गर्ने
सांस्कृतिक सम्रक्षणको लागि महानगर पालिका वासीको ऐतिहासिक बाजा गाजा, हस्तकला,चाँडपर्ब र परमपरा लाई जीवन्त राख्न याेजना बनाउने र हाकु पतासि बुन्ने लगायत हाल हराएका सँस्कृति लाई सिम्वोलिक रुपमा जगेर्ना गर्ने ताकि पर्यटकले ललितपुर वासीको ऐतिहासिक सांस्कृतिक अवस्था अवलोकन गर्न सकियोस ।
५. सरकारी स्कूलहरुकाे स्तर उन्नती गर्ने
महानगरपालिका भित्रको सम्पूर्ण सरकारी स्कूलहरुकाे स्तर उन्नती गरी महानगर वासीले आफ्नाे छाेराछाेरि पढाउन सक्ने सोच अनुसारको स्कूल बनाउने ।
६.महानगर बासीकाे आर्थिक उन्नतिकाे राेजगारि श्रृजना गर्ने
महानगर बासीकाे आर्थिक उन्नतिकाे लागि विभिन्न शिप मूलक तालिम दिने र तालिम लिइ सकेपछि त्यो शिप प्रयोगको लागि विनाधितो ऋणको व्यवस्था गरी रोजगारी सिर्जना गर्ने ।
७. जेष्ठ नागरिककाे ब्यबस्थापन
बृद्ध बृद्धाहरुको आवश्यक व्यवस्थाको लागि प्रत्येक वडामा दिवा सेवा कार्यक्रम संचालनमा ल्याउने ।
८. महानगर बासिलाई सरल भेटघाट
महिनाको १ चोटी प्रत्येक वडामा गएर स्थानिय नगरवासी संग भेटघाट र छलफल गरी स्थानिय स्तरको समस्यामा त्यही ठाउँमा वसेर स्थलगत अवलोकन र सल्लाह गरी समाधान गर्ने ।
९. करको सरल व्यवस्थापन
करको सरल व्यवस्थापनको लागि डिजीटलाईज गरी विभिन्न सिष्टम मार्फत घरमै वसेर कर तिर्न सक्ने वातावरण वानाउने ।
१०. फोहोर मैलाकाे व्यवस्थापनमा
फोहोर मैला व्यवस्थापनमा सुदृत गर्न आवश्यक योजना बनाउने र नगरवासीलाई जनचेतना मुलक कार्यक्रम दिई नगर सफा राख्ने ।
११.वातावरणीय अवस्थालाई सुदृत गर्न
महानगर पालिकामा वातावरणीय अवस्थालाई सुदृत गर्न विज्ञहरुको राय सल्लाह र परामर्श लिइ उचित व्यवस्थापन गर्ने ।
१२. सडक मानव रहित समाज बनाउने
१३.व्यापार व्यवसाय लाई व्यवस्थापन गरि सुन्दर शहर बनाउने ।
सडकमा अवरोध गर्ने विभिन्न किसिमका ठेला गाडा साइकल फुटपाटको व्यापार व्यवसाय लाई व्यवस्थापन गरि सुन्दर शहर बनाउने ।
१४. सवै लाई सुलभ हुने पार्कको ब्यबस्था
महानगर पालिकामा वाल, वृद्ध र युवा सवै लाई सुलभ हुने पार्कको निर्माण
१५. पार्कीङको यथोचित व्यवस्थापन
नगर भित्र प्रचुर मात्रामा देखिएकाे समस्या पार्किङकाे समस्या लाई उचित ब्यबस्थापन गर्ने ।
१६. हराएका देबताकाे ब्यबस्थापन
विभिन्न स्थानबाट चोरी भएका देवता (मूर्ति) हरुकोखोज तलास गरी र भेटाएका देवता (मुर्ति) काे स्थान पट्टा लगाएर पुन स्थापना गर्ने र भेटाएर राखेका देवता (मूर्ति) को स्थान पत्ता नलागेमा यथाेचित व्यवस्थापन गर्ने ।

प्रतिक्रिया