उपचारको क्रममा अस्पतालबाट फरार भएका थुनुवा पक्राउ

पिएनपि खबर

काठमाडौं, ६ वैशाख : प्यारालाइसिसको बहाना बनाई उपचारको क्रममा वीर अस्पतालबाट फरार भएका एक जना थुनुवालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–३ कुञ्चोक करमडाँडा घर भएका ४५ वर्षीय राजेश तिरुवा छन् । उनलाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।

जबरजस्ती करणी मुद्दामा केन्द्रीय कारागार जगन्नाथ देवलमा थुनामा रहेका तिरुवाले प्यारालाइसिस भएको भन्ने बहाना बनाई वीर अस्पतालमा भर्ना भएका थिए । उपचारत रहेको अवस्थामा गत चैत २९ गते राति अस्पतालबाट फरार भएका थिए ।

जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उनलाई बुढानिलकण्ठ नगरपालिका–१२ स्थित राधाकृष्ण मन्दिर नजिकबाट फेला पारी पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि केन्द्रीय कारागार जगन्नाथ देवल काठमाडौं पठाइएको छ ।

प्रतिक्रिया