लक्ष्मी बैंकको दुई नयाँ एक्स्टेन्सन काउण्टर मधेश प्रदेशमा विस्तार

admin

काठमाडाैं, ९ वैशाख : लक्ष्मी बैंकको दुई नयाँ एक्स्टेन्सन काउण्टर मधेश प्रदेशमा विस्तार भएको छ । उक्त एक्सटेन्सन काउन्टरहरू महोत्तरी जिल्ला अदालत र सिराहा जिल्ला अदालतमा स्थापना भएको बैंकले जनाएको छ ।

यी एक्स्टेन्सन काउन्टरहरूको शुरुवात सँगै लक्ष्मी बैंकको शाखा संजाल ५० जिल्लामा १४२ शाखा, १३ एक्सटेन्सन काउन्टर र ५ हस्पिटल सेवा काउन्टर, १७६ एटिएम, २५ सय भन्दा बढी रेमिटेन्स एजेन्ट तथा ६३ शाखा रहित बैंकिङ्ग एजेन्टहरू पुगेको बैंकले जनाएको छ ।

सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लघुवित्त, लगायतका वित्तीय सेवाहरुको बढ्दो मागलाई पूरा गर्न बैंकले नयाँ तथा वित्तीय पहुँच नपुगेका क्षेत्रहरूमा सक्रिय रूपमा सेवा विस्तार गर्दै आएको बैंकले जनाएको छ ।

प्रतिक्रिया