शिवपुरी निकुञ्जमा लागेकाे डढेलाे अझै निभेन

admin

काठमाडौँ, १३ वैशाख : बूढानीलकण्ठ नगरपालिकाको शिवपुरी राष्ट्रिय निकुञ्जको तारेभिर क्षेत्रमा लागेको डढेलो अझै निभेको छैन ।

आज मङ्गलवार दिउँसोदेखि लागेको डढेलो निभाउने प्रयास भइरहेको काठमाण्डाै प्रहरी परिसर टेकुका एसपी दिनेशराज मैनालीले जानकारी दिनुभयो ।

केहीबेर डढेलो निभाउन सिम्रिक एअरको हेलिकप्टर प्रयोग गरिए पनि अहिले हेलिकप्टरबाट पानी खन्याउन रोकिएको छ ।

दमकल, पानी ट्याङ्कर, निकुञ्जका सेना र प्रहरीको सहायतामा आगो निभाउने प्रयास भने चलिरहेको उहाँले बताउनुभयो ।

धेरै ठाउँमा आगो फैलिएकाले निभाउन समस्या भएको एसपी मैनालीकाे भनाइ छ । दिउँसो सोह्रखुट्टेको म्हेपी जङ्गल र टोखाको सपन तीर्थ जङ्गलमा पनि डढेलो लागेको थियो । टोखा र म्हेपी क्षेत्रका जङ्गलमा लागेको डढेलोे भने निभाइसकिएको छ ।

प्रतिक्रिया