काठमाडौं, १४ वैशाख : पत्रकार गीता मैनाली बाराको निजगढ नगरपालिकाको मेयर पदमा उठेकी छन् । उनी उन्नत लोकतन्त्र पार्टीबाट मेयर पदमा उठेकी हुन् ।
काठमाण्डौं बसेर लामो समय गोरखापत्र दैनिकमा काम गरेकी मैनाली आसन्न स्थानीय तह निर्वाचनमा मेयर पदको उम्मेदवार बनेकी हुन् ।
निजगढको प्रमुखमा नगरपालिकाको सहिद चोक स्थित एक कार्यक्रमका बिच आफु यस पालीको चुनावमा मेयरमा उठ्ने घोषणा गरेकी हुन् । मेयरकी उम्मेदवार मैनालीले नगरवासीलाई शहरीया,गरिबी, डेरावाला व्यवस्थापनका समस्या तथा घरेलु हिंसाका मुद्दामा सही न्याय दिदै सामाजिक न्यायलाई प्रत्याभूत गर्ने विश्वास पार्टीले लिएको मैनालीले बताएकी छन् ।
खुला किताब चुनाव चिन्ह सहित निर्वाचनमा सहभागी हुँने निर्णय गरिएको मैनालीको भनाई छ । नगरपालिका भित्रका वासिन्दा, नगरभित्रका सम्पदा, समस्या र सम्भावना समेतको राम्रो ज्ञान उनीमा रहेको बताइन्छ ।
चुनावका लागि आफूले कुनै बजेट नछुट्याएको भन्दै काम र विचारले जनताको मन जित्ने उनको भनाई छ । ठूूला दलहरुले आश्वासन मात्रै बाँडेर जनतालाई बेबकुफ बनाएको भन्दै उनले आफ्नो क्षेत्रको परिवर्तनको लागि आफ्नै आवश्यक रहेको बताइन् ।
देशमा गरीबी मौलाएको बताउदै मैनालीले गरिबी ठूला राजनितीक दलहरुको खेती भएको आरोप समेत लगाईन् । उक्त खेती बन्द गर्न आफूले उम्मेरदवारी दिनुपरेको समेत उनले स्पष्टीकरण दिएकी छन् ।