रौतहटमा लुटियो मतपेटिका, बाकस बोकेर खेतैखेत भागे स्थानीय

admin

काठमाडौँ, ३० वैशाख : रौतहटको यमुनामाई गाउँपालिका वडा नं २ भिडियाहीमा मतपेटिका लुटिएको छ ।

सिल गरिसकिएको मतपेटिका स्थानीयले लिएर भागेको उक्त गाउँपालिकाका अध्यक्ष प्रसाद मुखियाले जानकारी दिएका छन् ।

मतपेटिका बोकेर स्थानीय खेतैखेत भागेका थिए । यस सम्बन्धमा प्रशासनको ध्यानाकर्षण गराइसकिएको अध्यक्ष मुखियाले बताए ।

प्रतिक्रिया