भरतपुरमा रेनु र विजयको बराबरी मत

admin

भरतपुर, ३१ वैशाख : भरतपुर महानगरपालिकामा रेनु दाहालले र विजय सुवेदीबीच कडा टक्कर भइरहेको छ ।

मत तलमाथि हुने चलिरहँदा पछिल्लो मत परिणाम अनुसार दाहालले र सुवेदीले बराबरी मत ल्याएका छन् ।

४ सय मत गणना गर्दा १६७/१६७ को बराबरी मत ल्याएका छन् । दुबै उम्मेदवारबीच अग्रता लिने, पछि पार्ने क्रम चलिरहेको भएपनि साँझ साढे ७ वजेसम्मको अपडेटमा भने बारबरी मत आएको छ ।

दाहाल गठबन्धनको तर्फबाट माओवादीकी उम्मेदवार हुन भने सुवेदी एमालेका तर्फबाट एक्लै चुनावी दौडमा छन् ।

प्रतिक्रिया