टोखा नगरपालिकामा कांग्रेसकी रजनी थापाको अग्रता

admin

काठमाडौं, २ जेठ : काठमाडौंको टोखा नगरपालिकामा नेपाली कांग्रेसको तर्फबाट मेयर उम्मेदवार रजनी थापाले अग्रता लिएकी छिन्। थापाले ५११२ मत प्राप्त गरेको निर्वाचन अधिकृत सविता शर्माले जानकारी दिइन्।

थापाले एमालेका प्रकाश अधिकारीलाई पछि पारेकी हुन्। अधिकारीले ४८९२ मत प्राप्त गरेका छन्। माओवादीका शेखर श्रेष्ठले ८३१ मत ल्याएका छन्। अहिलेसम्म टोखामा १३ हजार बढी मत गणना भइसकेको छ।

 

प्रतिक्रिया