भरतपुरमा फेरि रेनु दाहाल अघि

admin

चितवन , २ जेठ : भरतपुर महानगरपालिकाकाे मेयर प्रतिस्पर्धा तीव्र भइरहेकाे छ । ताजा मतगणनाअनुसार नेकपा माओवादी केन्द्रकी रेनु दाहालले फेरि अग्रता लिनुभएकाे छ ।

दाहालले ५ हजार ३९ मतसहित अग्रता लिनुभएकाे हाे । उहाँ नेकपा एमालेका उम्मेदवार विजय सुवेदी भन्दा १२ मतले अघि हुनुहुन्छ । सुवेदीले ५ हजार २७ मत प्राप्त गर्नुभएकाे छ ।

यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पाैडेलले २ हजार ३ सय ५५ मत पुर्‍याउनुभएकाे छ । यस्तै उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीको अग्रता छ ।

उहाँले ६ हजार ४३ मत पाउनु भएको छ । एमालेकी हिमला गुरुङले ४ हजार ४२ मत प्राप्त गर्नु भएकाे छ ।

प्रतिक्रिया