लौरोले धरानमा पनि चमत्कार गर्दै, हर्कले एमालेलाई पछि पारे

admin

काठमाडौं, ३ जेठ : धरानका स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले फेरि एमालेलाई उछिनेका छन्। मेयर पदमा गठबन्धनका कांग्रेस उम्मेदवार किशोर राईको अग्रता कायमै रहँदा एमाले उम्मेदवार मन्जु भण्डारी र स्वतन्त्र हर्कबीच दोस्रो स्थान खोसाखोस चलिरहेको छ।

२१ हजार ८४ मत गणना सकिँदा किशोर राईले ६०२३ मत पाएका छन् भने हर्कले ५४२६ मत प्राप्त गरेका छन्। मंगलबार बिहानदेखि हर्क दोस्रोमा उक्लिँदा मन्जु तेस्रो भएकी थिइन्।

दिउँसो फेरि मन्जुले हर्कलाई पछि पारेकी थिइन्। साँझ फेरि हर्क अघि लागेका छन्। एमालेकी भण्डारीले ५२५१ मत पाएर स्वतन्त्र उम्मेदवारलाई पछ्याइरहेकी छन्।

प्रतिक्रिया